उपसभामुखमा भुसाल र भट्टराईबीच प्रतिस्पर्धा
काठमाडाैं | असार ३०, २०७९
काठमाडौँ: प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम र विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
उपसभामुखमा नेपाली कांग्रेस नेतृ भुसालले सत्तारुढ गठबन्धन र भट्टराईले नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्।
यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।
उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक ...
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

